विभिन्न बहानामा भत्काइएका सडक वर्षात्अघि नै बनाइयोस् : सांसद पौडेल

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप पौडेलले विभिन्न बहानामा भत्काइएका सडक पुनरनिमार्णका लागि सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले खानेपानीका पाइप र बिजुलीका तार भूमिगत गराउने नाममा भत्काइएका सडक वर्षात् लाग्नुअघि बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो,‘खानेपानीको पाइप बिछ्याउनेदेखि बिजुलीका तार भूमिगत गराउने नाममा सडक बारम्बार खनिराखेको छ। भत्काइएका सडक वर्षात्अघि नैबनाउन सरकारसँग माग गर्दछु।’

उहाँले फुटपातमा निर्माण सामग्री राखेर सडक अस्तव्यस्त भएको बताउनुभयो । सांसद पौडेलले सरकारका विभिन्‍न निकायहरूबीच समन्वयन हुन नसक्दा विकासले गति लिन नसकेको बताउनुभयो।

Back to top button