राजस्व चुहावट नियन्त्रणका लागि सरकार गम्भीर छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रीत हुने बताउनुभएको छ ।

आज राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि नीति अबलम्वन गरिने बताउनुभयो।

उहाँले समयमा नै पुँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राख्नुभयो। अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नका लागि पहिलो दिनदेखि महिना महिनामा अनुगमन गर्ने उहाँले बताउनुभयो।

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गर्नुभयो। उहाँले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो ।

यस्तै, उहाँले करमा केहि घरनालाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो। मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बारेमा केन्द्रीत हुनुपर्ने भन्दै उहाँले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गर्नुभयो।

उहाँले अनावश्यक साधारण खर्च नगर्ने प्रतिवद्धता सहितको बजेट उन्मुख हुने पनि बताउनुभयो। अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थीतिलाई मध्यनगर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताउनुभयो । अहिलेको चूनौतिपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उहाँले बताउनुभयो।

Back to top button