सुशासन कायम गर्न अन्तिम लडाइमा छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ३ विषयमा मुख्यरुपमा काम गरिरहेको बताउनुभएको छ ।

काभ्रेको महाभारत गाउँपालिकामा सडक शिलान्याश कार्यक्रममा पुग्नुभएका प्रचण्डले सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणमा काम गरिरहेको बताउनुभयो।

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिले सरकारले कदम चालिरहेको उहाँको भनाइ छ। उहाँले यो कदममा विगतमा जस्तो सरकारलाई जनता र पार्टीको सहयोग चाहिने बताउनुभयो ।

उहाँले सुशासन कायम गर्ने विषयमा अघि बढेका कामहरूमा सरकार पछि नहट्ने समेत उद्घोष गर्नुभयो । महाभरत गाउँ पालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन उद्धघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले छिटै भारतको भ्रमण गर्ने र विद्युत क्षेत्रको विषयमा छलफल अघि सार्ने बताउनुभयो ।

‘हामी अहिले विद्युत उत्पादन गरेर भारतलाई बिक्री गरिरहेका छौं, अब विद्युत उत्पादन वृद्धि गरेर छिटै अन्य मुलुकमा समेत बिक्राका लागि पहल गर्नेछौं,’ उहाँले भन्नुभयो ।

काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलासयसहितको १ सय १० मेगावाटको विद्युत उत्पादनको विषयमा सरकारले काम गर्ने बताउनुभयो। हिजो विभेदमा परेको क्षेत्रलाई अगाडि बढाउने नीति लिएको पनि प्रचण्डले बताउनुभयो ।

विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका काम अगाडि बढाएको बताउँदै त्यही अनुरुप महाभारत गाउँपालिकाको पनि पहिलाका र अहिलेको तुलनामा फरक पाएको उहाँले बताउनुभयो ।

यस्तै, अबको २ वर्षमा कुनैपनि घर विद्युतविहीन नहुने उहाँको भनाइ छ।

Back to top button