पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान अदालतबाटै पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ पर्नुभएको छ । आफू जोडिएका २ वटा मुद्दाको सुनुवाइका लागि अदालत पुग्नुभएका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उहाँ पक्राउ पर्नुभएको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभएको छ ,‘पक्राउ पर्नु सामान्य हो।’

इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई)का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ पर्नुभएको बताउनुभएको छ ।

Back to top button