उपेन्द्र यादवको रोजाइमा राज्य व्यवस्था तथा सुशासन समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोज्नुभएको छ ।

जसपाको सिफारिस अनुसार सभामुख देवराज घिमिरेले आजको बैठकमा यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्य रहने प्रस्ताव राख्नुभयो । जसलाई सभाले स्वीकृत गरेको छ ।

यादव गत १० वैशाखमा बारा निर्वाचन क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा निर्वाचित हुनुभएको थियो।

Back to top button