प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख ३ शीर्ष नेताबीच छलफल भएको छ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हृुनुहुन्छ।

उहाँहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू पक्राउ पर्न थालेपछि उहाँहरू छलफलमा जुट्नुभएको हो ।

शरणार्थी प्रकरण, संक्रमणकालीन न्याय, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

Back to top button