थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

कोरोना संक्रमणबाट आज मात्रै २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

Back to top button