सरकारले मुलुकको अर्थतन्त्रबारे भ्रम सिर्जना गर्न खोज्योः केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रबारे भ्रम सिर्जना गर्न खोजेको बताउनुभएको छ ।

आजबाट सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र थप संकटमा परेको बेला सरकारले मुलुकको अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो ।

सरकारले रेमिट्यान्स बढेको, वैदेशिक मुद्राको संचिति बढ्यो भन्ने विषय सार्वजनिक गराएर वास्तविक अवस्थाको ढाकछोप गरेको भन्दै उहाँले मुलुकको अर्थतन्त्र अप्ठयारो र झन् संकटमा परेको बताउनुभयो ।

अर्थतन्त्र सुदृढ हुने दिशातिर मुलुक गएको भनेर सरकारले भ्रम सिर्जना गरेको भन्दै उहाँले वर्तमान सरकारले राज्यको ढुकुटीको दोहन गरेको समेत आरोप लगाउनुभयो ।

Back to top button