थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६ सय ३० नमुनामध्‍ये ८ सय २० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको हो ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या १ सय २० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

Back to top button