आफ्नै शरिरमा आगो लगाई घाइते महिलाको उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

टुकीबाट मट्टितेल खन्याएर शरीरमा आगो लगाएकी ४० वर्षीया आशा शर्मा (कोइरी)को मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि गत गएराति ९ बजेतिर आशाले मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगोले शरीरका अधिकांश भाग जलेकी उहाँलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा हिजो साँझ ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजकुमार र आशाबीचको पारिवारिक विवादका बारेमा प्रहरीले खुलाएको छ । आशाको मृत्यु भएपछि पति राजकुमारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ ।

Back to top button