पार्टीको झण्डा नबोकी भ्रष्टचारविरुद्ध अभियानमा सहभागि हुन रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत् पूर्वगृहमन्त्री रहनुभएका लामिछानेले भ्रष्टाचार देशको साझा दुष्मन भएकाले जसले गरेपनि पार्टीको झण्डा र नारा नबोकी रास्वपाका समर्थकहरूलाई सहभागी हुन आह्वान गर्नुभएको हो ।

उहाँले लैख्नुभएको छ, ‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु। राम्रो काम जसले गरेपनि सघाउनुपर्छ। देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला। भ्रष्टाचार विरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं।’

Back to top button