कांग्रेस नेता बस्नेतको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो ।

विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिनुभएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्षका क्रममा पटक–पटक गरी ९ वर्ष जेल जीवन बिताउनुभएको थियो।

विसं २०६२ र ६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका बस्नेत हाल जननायक बीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो।

उहाँको आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

Back to top button