परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उहाँले यही वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नुहुने छ । उहाँ वैशााख ३१ गते स्वदेश फर्किने कार्यक्रम छ।

Back to top button