थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९१६ नमुनामध्‍ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तो कोरोनाको संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ भने संस्थागत आईशोलेशनमा ११ जना, आईसीयूमा ३ जना र भेन्टिलिटरमा १ जना उपचाररत छन्।

यस्तै यहि समय अवधिमा १२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

Back to top button