काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाह (बालेन)ले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत मेयर शाहले काठमाडौंका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन।’

Back to top button