धादिङमा आज गुडिरहेको बसमा आगलागी

धादिङ । धादिङ धुनिबेशी नगरपालिका–९ मा यात्रुबाहक बसमा आगलागी भएको छ। आज बिहान साढे ११ बजेतिर धादिङबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा आगलागि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको छ। गुडिरहेको बसमा एक्कासी वाईरिङ सर्ट भइ आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ।

घटनास्थलमा खत्रिपौवा र खानिखोलाबाट प्रहरी खटिएका थिए। प्रहरीका अनुसार बसमा चालकसहित ३५ जना सवार थिए । मानवीय क्षति भने भएको छैन।

Back to top button