नेपालमा चाँडै अमेरिकी सेना आउँदैछ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताउनुभएको छ । आज काठमाडौंको परिस डाँडामा पत्रकार सम्मेलन गरी उहाँले यस्तो दाबी गर्नुभएको हो ।

प्रसाईंले यहाँका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको बताउनुभयो। उहाँले नेपालका बैंकहरूले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डाइमार्फत् वैधानिक रूपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिरसमेत गर्नुभयो।

व्यवसायी प्रसाईंले अहिलेसम्म नेताहरूले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको पनि बताउनुभयो। उहाँले भन्नुभयो,‘३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ। मैले जुन माग राखेँ, अहिले एमालेले पनि त्यही माग राख्यो होइन? संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा । यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’

व्यवसायी प्रसाईंले जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने पनि बताउनुभयो ।

Back to top button