थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ सय ४४ नमुना मध्‍ये २ सय २३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको हो ।

यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या १ सय २० पुगेको छ भने संस्थागत आइशोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

आज मात्रै कोरोनाबाट निको भएर १२ जना घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

Back to top button