संसदीय गतिविधि हेर्नेगरी प्रमुख ३ दलले तोके ३ नेता

काठमाडौं। प्रमुख ३ राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय गतिविधि हेर्नका लागि संयुक्त रुपमा ३ दलका नेतालाई जिम्मेवारी तोकेका छन्।

जिम्मेवारी पाउनेमा नेकपा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक हुनुहुन्छ।

संसदमा बिचारधीन विधेयक, विधेयकमा रहेका विषयवस्तु, संसदीय विषयगत समितिको नेतृत्व, संयुक्त समितिमा रहने सदस्य लगायतका विषयमा छलफल गर्ने र निर्णयका लागि ३ दलको बैठकमा पेश गर्ने गरी ३ नेतालाई जिम्मेवारी दिइएको हो। आज प्रधानमन्त्री निवास वालुवाटारमा ३ दलका शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेस प्रमुख सचेतक लेखक, माओवादीका मुख्य सचेतक पाण्डे सहभागी बैठकले संसदीय गतिविधि हेर्नेगरी ३ वटै दलबाट १–१ जनालाई मुख्य जिम्मेवारी दिएको हो।

Back to top button