संखुवासभामा टिकाराम पुरीलाई सम्मान

खाँदबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन( प्याब्सन)का पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीलाई संखुवासभाका तीन संस्थाले सम्मान गरेका छन ।

शनिबार संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा तीन संस्थाले पुरीलाई सम्मान गरेका हुन ।

संखुवासभामा जन्मनु भएका पुरीलाई मकालु साहित्यिक समाज खाँदबारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) संखुवासभा र हिमालय माध्यमिक विद्यालयको २०४२ सालको एसएलसी ब्याचले सम्मान गरेको हो ।

संखुवासभाबाट एसएलसी पास गरेपछि अध्ययनका लागि विराटनगर आउनु भएका पुरीले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएको छ । यस्तै उहाँ निजी विद्यालयहरूको छाता संगठन प्याब्सनको अध्यक्ष हुने राजधानी भन्दा बाहिरबाट पहिलो बन्नु भएको थियो ।

संखुवासभामा जन्मिनु भएका व्यक्तीले राष्ट्रीय पहिचान बनाएको भन्दै सम्मान गरिएको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताउनुभयो ।

सम्मानपछि कार्यक्रममा बोल्दै पुरीले कर्म गर्ने सिलसिलामा जन्मघर भन्दा बाहिर भएपनि संखुवासभाको माया सधै रहिरहने बताउनुभयो ।

 

 

Back to top button