वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा

काठमाडौं । वर्षापछि आएको बाढीले अवरुद्ध बनेको वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । कालढुंगामा लेदोले चारवटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि मानवीय क्षति भने भएको छैन ।

चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ । यस्तै लामाको घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएका छन् ।

Back to top button