एमाले सांसद टोपबहादुर निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित हुनुभएको छ । रायमाझी हिजो नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको थियो।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा आज रायमाझी पक्राउ पर्नुभएको जानकारी गराउनुभएको थियो। उहाँले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम आजै सदनलाई पक्राउको जानकारी गराउनुभयो।

आज जानकारी गराएसँगै रायमाझीको संसद पद निलम्बनमा परेको हो। रायमाझी एमाले अर्घाखाँचीबाट विजयी सांसद हो ।

Back to top button