![](https://koshisandesh.com/wp-content/uploads/2023/01/Prachanda-3.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2023/01/Prachanda-3.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बिहीबार प्रतिनिधिसभामा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिने हुनुभएको छ ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसद् बैठकमा जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराउनुभएको हो । यसअघि सांसद्हरूले संसद्मा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने आवाज उठाउदै आएका थिए।
आजको संसद बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेका प्रगतिबारे सदनमा जानकारी दिनुपर्ने माग गरेका थिए।