प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते सांसद‍्का प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बिहीबार प्रतिनिधिसभामा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिने हुनुभएको छ ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसद् बैठकमा जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराउनुभएको हो । यसअघि सांसद्हरूले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने आवाज उठाउदै आएका थिए।

आजको संसद बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेका प्रगतिबारे सदनमा जानकारी दिनुपर्ने माग गरेका थिए।

Back to top button