भ्रष्टाचारका आरोपी नै सडकमा आन्दोलन गर्दैछन् : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीको तीन पुस्ते सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने माग गर्नुभएको छ ।

संसद्को विशेष समयमा बोल्दै भ्रष्टाचार नियन्त्रणका लागि सडकबाट नभई संसदबाटै आन्दोन गर्न सांसद्हरूलाई प्रस्ताव गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘भ्रष्टाचारीका आरोप लागेकाहरू नै सडकमा आन्दोलन गर्दैछन्। यस्ता आन्दोलनले भ्रष्टचारीलाई संरक्षण गर्न। भ्रष्टाचार निर्मूल गर्न कानुन बनाउने थलो संसद् हो। तर, म्याद हदबन्दी भनेर पाँच वर्षमात्रै गराइँदैछ। ’

उहाँले देश भ्रष्टाचारले व्याप्त भएको भन्दै ओम्नी, क्यान्टोनमेन्ट, ललिता निवास काण्डलगायत प्रकरणमा पार्टी सिद्धान्त भन्दामाथि उठेर छानबिन गर्नुपर्ने बताउनुभयो।

Back to top button