थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्‍ये २ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८ सय ३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या १ सय १२ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

त्यसैगरी आज मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।

Back to top button