भ्रष्टाचार छानबिनमा सरकारले खुट्टा कमाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार छानबिनमा सरकारले खुट्टा नकमाउने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भाबी कार्यदिशा’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा नछोड्ने र सरकारले खुट्टा नकमाउने बताउनुभएके हो ।

उहाँले भन्नुभयो,‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले बिभिन्न माध्यमबाट समर्थन र ऐक्यवबद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।

त्यसका साथै भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं।’ अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रबर्द्धन हुन नसक्ने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरुबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको छ। विद्यालयहरुमा समयमै पुस्तक पुगेको छ। किसानहरूले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित हुँदैछ।’

मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश तथा स्थानीय तहले सार्वजनिक सेवा प्रवाह र विकास(निर्माणका कार्यलाई अझ छिटो–छरितो र गुणस्तरीय बनाउन सक्ने आधार तयार भएको बताउनुभयो।

Back to top button