विराटनगर महानगरका मेयर उपमेयरद्वारा विभिन्न योजनाहरुको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा निराला कार्कीसहितको टोलीले विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गरेको छ ।

प्राविधिकसहित विभिन्न वडामा पुगेर मेयर उपमेयरले सडक र सामुदायिक भवनहरुको अनुगमन गर्नु भएको हो । ठेक्का सम्झौताअनुसार काम भए/नभएको जानकारी लिइएको छ । सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत उहाँले बताउनुभयो ।

अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको मेयर कोइरालालेब ताउनुभयो । उहाँले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पार्नुभयो ।

सोमबार वडा नम्बर १, २, ६, ७, ९ र ११ नम्बर वडाका करिब २२ वटा योजनाहरुको अनुगमन गरिएको उपमेयर निरौलाले जानकारी दिनुभयो ।

सो क्रममा वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, ११ का तीर्थेन्द्र नेउपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ६ का हरिश्चन सहनी, इन्जिनियर अर्जुन थापासहित प्रमुख र उपप्रमुखको सचिवालयको टिम तथा प्राविधिकहरुको सहभागिता थियो ।

Back to top button