मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बेलुका ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम,बजेटलगायत समसामयिक राजनीतिक विषयवस्तु र सरकारी कामकारबाहीबारे छलफल हुने जनाइएको छ।

Back to top button