थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १ सय ३ नमूनामध्‍ये ३ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७ सय १९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ भने १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

आज मात्रै २४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

Back to top button