कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्ले बर्खास्त

विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्ले बर्खास्त हुनुभएको छ ।

आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरीषदको बैठकले उहाँलाई पदबाट हटाउने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘ तपाईलाई पदबाट किन नहटाउने ?’ भनि दुइ पटक सम्म स्पस्टीकरण माग्दा पनि चित्त बुझ्दो स्पस्टीकरण नदिएकाले उहाँलाई पदबाट हटाइएको हो ।

यसैगरी आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ मा उल्लेख भए बमोजिम आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत रु एक करोड पचास लाख थप बजेटका लागि स्विकृती प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं ६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत रु एक लाख ७५ हजार दिने बैठकले निर्णय गरेको छ । पीडित बालिकाको किर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ ।

Back to top button