मधेश प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्ने

जनकपुर । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । बैठक दिउँसो २ बजे बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो।

Back to top button