राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

काठमाडौं। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि तीन दिन छलफल हुने भएको छ ।

आज बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रममाथि जेठ ७,८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यतालिका तय गरेको छ।

यस्तै, सरकारले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक)मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

Back to top button