संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन राजनीतिक सहमति भइसक्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय विधेयक टुंग्याउन राजनीतिक सहमति भइसकेको बताउनुभएको छ ।

सांसद् पूर्णबहादुर घर्तीले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले जघन्य अपराधमा संलग्न कसैलाई पनि छुट नदिइने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो,‘सबै दलको सहमतिबाट विधेयक पारित गर्ने योजना छ। विस्तृत शान्ति सम्झौता भयो। विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाइएको थियो।

जघन्य अपराधमा संलग्न कसैलाई पनि छुट दिइँदैन। द्वन्द्वकालीन विषयका मुद्धामा सबै राजनीतिक दल एकै ठाउँमा उभिन जरुरी छ। विचाराधिन विधेयकलाई राजनीतिक सहमतिबाट टुग्याउँने समझदारी भइसकेको छ।’

Back to top button