इटहरीमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१६, मेजरटोलस्थित करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंकालीनीका ३० वर्षीय सन्जित मुखिया रहेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका साढे ५ बजे पानीको कल चलाउने क्रममा अचानक मोटरबाट करेन्ट लागि घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर लागिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

Back to top button