संसद बैठक अघि नै प्रश्न आउट भएकोमा सांसद रघजी पन्तको असन्तुष्टी

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद् सचिवालयमा बुझाएका प्रश्न प्रतिनिधिसभा बैठक अघि नै बाहिरिएकोमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि ब्यक्त गर्नुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार ३ दिन अघि नै संघीय संसद् सचिवालयमा दर्ता भएका प्रश्नहरू आज बिहानै सञ्चारमाध्यममा प्रकाशित भएका थिए। प्रश्नहरू आउट भएकोमा सांसद पन्तले प्रतिनिधिसभा बैठकमै असन्तुष्टि जनाउनुभएको हो । उहाँले प्रश्न कसले आउट गरेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले संसद्‌भित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषअधिकार सांसदहरूको मात्रै भएको उल्लेख गर्दै सांसदले प्रश्न नसोध्दै अखबार र सञ्चारमाध्यममा आउनु अनुपयुक्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा यसरी प्रश्न आउट नगर्न ध्यानाकर्षण समेत गराउनुभयो ।

Back to top button