गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनायोः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले सरकारमा आएको बेलामा जहिले पनि राजस्व वृद्धि भएको स्मरण गर्दै तर अहिले राजस्व नउठेर अवस्था चौपट भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनु पर्दैन ?’ प्रचण्ड र देउवाको मिलेमतोमा मुलुकलाई आर्थिक संकटमा पुर्‍याएको भन्दै उहाँले त्यसको दोष पूराना पाटी भन्दै सबैलाई एउटै डालोमा राखेर दिन नहुने बताउनुभयो ।

प्रश्न गर्दै उहाँले भन्नुभयो ‘त्यसका लागि त एमालेका पालामा एमालेले नगरेको हुनु परेन ?’ उहाँले अहिले समाजमा राजनीतिक अराजकता मौलाएको बताउनुभयो । एमाले सरकारबाट नहटेको भए राज्यमा कुनै संकट नहुने बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकको अर्थतन्त्र जतिबेला संकटमा परेको छ , त्यहि बेला एकजना उद्योगपतिको सम्पत्ति ४० अर्बले वृद्धि भएको छ भन्दै राज्य थला पर्ने सत्तासँग नजिक भएको व्यापारीको ४० अर्ब बढ्ने भनेपछि कमजोरी कहाँ छ सबैले सहजै बुझ्ने बताउनुभयो ।

उहाँले नयाँ आएका पार्टीहरुले जनता भड्काउने बाहेक नीति, बिचार र समाधान दिन नभई पपुलारिज्मको भरमा अघि बढ्न खोजेको टिप्पणी गर्नुभयो ।

Back to top button