राष्ट्रपति रामचन्द्र पौडेलले भोली संसदलाई सम्वोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि अपरान्ह ४ बजे संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।

आज संसद बैठकमा सभामुख देवराज घिमिरेले भोली अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराउनुभएको हो । लगत्तै ६ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।

सभामुख घिमिरेले अपरान्ह ३ ः ४५ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको छ । सरकारले भोलि आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।

Back to top button