जी सेभेनको बैठक जापानको हिरोसीमामा सुरु हुँदै

विश्वका प्रभावशाली देशहरूको संगठन जी–७ को बैठक जापानको हिरोसिमामा शुरु हुँदैछ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले हिरोसिमाको शान्ति पार्कमा जी–सेभेन राष्ट्रका प्रमुख तथा प्रतिनिधिलाई स्वागत गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँलगायत हिरोसिमा पुगिसक्नुभएको छ । क्यानडा, जर्मनी, इटली तथा जापानसमेत सदस्य रहेको जी–७ संगठनको बैठक यो पटक हिरोसिमामा राखिएको हो।

हिरोसिमामा सन् १९४५ अगष्ट ६ मा अमेरिकाले परमाणु बम खसालेको थियो। परमाणु बम खसाल्नुअघि हिरोसिमा अमेरिकाको व्यापारिक तथा रणनीतिक शहरका रूपमा रहेको थियो।

बैठकमा युक्रेनमाथि रुसले जारी राखेको आक्रमण, विश्व अर्थतन्त्र तथा जलवायु परिवर्तन लगायतका एजेण्डामा छलफल हुने भएको छ। बैठकका अमेरिकाले रुसमाथि झण्डै ३०० नयाँ प्रतिबन्धको प्रस्ताव अघि सार्ने तयारी गरेको छ।

Back to top button