दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३५ घाइते

दाङ । दाङको देउखुरीमा २ बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। आज बिहान ६ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ फलकापुरमा बस ठोक्किदा घटनास्थलमै १ महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रोल्पाको रुम्टीगढी गाउँपालिका–७ की ४३ वर्षीया शोभा परियार रहेको प्रहरीले जनाएको छ । उहाँको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजन गौतमले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जु २ ख ७८५ नम्बरको बस ठोक्किदा दुर्घटना भएको बताउनुभयो।

प्रवक्ता डीएसपी गौतमका अनुसार दुर्घटनामा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, बसमा ३६ जना यात्रु सवार थिए।

Back to top button