ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं–३ सिँवाका सन्दिप तामाङ रहेको प्रहरीले जनाएको छ । गएराति मैवाखोला गाउँपाकिला १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार हुनुहुन्छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Back to top button