मन्त्रिपरिषदको बैठक बस्दै, नीति तथा कार्यक्रमलाई अनुमोदन गर्ने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मध्यान्न १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुहुनेछ।

पौडेल राष्ट्रपति बनेपछि पहिलो पटक दुबै सदनको बैठकलाई सम्बोधन गर्न लाग्नु भएको हो । पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

Back to top button