तोलामा ५ सय रुपैयाँले सस्तियो सुन

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । तोलामा आज सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ थियो । चाँदीको भाउ भने दुई दिनदेखि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Back to top button