त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको सुनजस्तो देखिने पहेंलो रंगको धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका–७ की ४० वर्षीया शोभा विश्‍वकर्मा र रामेछाप नगरपालिका–५ रामपुरकी २९ वर्षीया सरिता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

हिमालय एयरलाइन्सको उडानबाट दोहाबाट काठमाडौं आउनुभएकी शोभा विश्‍वकर्माबाट १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठबाट जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

यस्तै, पक्राउ पर्ने दुबै जनालाई आवश्‍यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

Back to top button