कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेले बैठक बोलाउनुभएको हो ।

आज अपरान्ह बस्ने प्रतिनिधिसभाको बैठक अघि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । आज आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।

आज अपरान्ह ४ बजे संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । राष्ट्रपति पौडेलको सम्बोधन लगत्तै प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची छ।

Back to top button