विराटनगरका १ व्यापारीमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरमा १ जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका वडा नं १३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

रायलाई विराटनगर–१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो ।

ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

राय जोगबनीमा किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यस्तै, खुकुरी प्रहारको कारणबारे कामतसँग जानकारी लिने काम भइरहेको डीएसपी दाहालले बताउनुभयो ।

Back to top button