आज राष्ट्रपति सडक खाली नगराई संसद भवन जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज सडक खाली नगरी सामान्य तरिकाले संसद भवन जाने हुनुभएको छ ।

यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो । तर, यसपटक सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने र संसद भवन भित्र मात्रै रिसल्ला सहितको कारकेडको व्यवस्था गर्ने तयारी छ ।

नागरिकलाई अप्ठ्यारो नहुने गरी राष्ट्रपतिको आवागमन हुने राष्ट्रपतिका सचिवालयका एक सदस्यले जानकारी दिए । उनले भने,‘नागरिकले दुख पाउने गरी बाटोमा कुनै तामझाम हुँदैन । परम्परा धान्नका लागि गेटभित्र गर्नुपर्ने कार्य सुरक्षा निकायले गर्छन् ।’

यस्तै, आर्थिक वर्ष २०८०–०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा आज प्रस्तुत गरिने कार्यक्रम छ ।

Back to top button