कर प्रणालीको पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उहाँले बताउनुभयो । विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने उहाँको भनाइ छ । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उहाँले घोषणा गर्नुभयो ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ ।

Back to top button