नीति तथा कार्यक्रमः सरकारले भाडामा लगाएका जग्गाको अनुगमन गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भाडामा लगाएका जग्गाहरुको अनुगमन गर्ने बताउनुभएको छ । आज संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै उहाँले लिजका जग्गाको अनुगमन गरिने बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले ढुंगाजन्य वस्तु नियमनका लागि अत्यावश्यक कानुनी व्यवस्था गरिने बताए । पौडेलले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कुटनीतिक क्षेत्रबाट पहल थालिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बन्द भएका हेटौंडा सिमेन्ट, गोरखकाली उद्योग सञ्चालनमा ल्याइने बताउनुभयो । यस्तै  गरिबी परिचयपत्र वितरणको कार्य दुई वर्षभित्र वितरण गरिसक्ने सरकारको योजना रहेको राष्ट्रपति पौडेलले बताउनुभएको छ।

Back to top button