नीति तथा कार्यक्रमः अन्तर्राष्ट्रिय सहायतालाई राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित गरिने

काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय विकास सहायतालाई राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय विकास सहायतालाई राष्ट्रिय गौरवको आयोजनामा केन्द्रित गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले उच्च प्राथमिकता प्राप्त आयोजनामा अन्तर्राष्ट्रिय सहायता केन्द्रित गरेर दिगो विकासको लक्ष्य भेट्ने घोषणा गर्नुभयो ।

यस्तै, सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुनेगरी उपयोग गर्ने तथा वैदेशिक लगानी आकर्षण हुने गरी गुण बोन्ड र पूर्वाधार बन्ड परिचालन गर्ने समेत सरकारी योजना छ ।

Back to top button